नेपालमा पनि खाद्यान्न संकट आउन सक्छ सचेत बनौं : गोल्छा

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्वमा ऊर्जा र खाद्यान्न संकट देखा परेको भन्दै सचेत बन्नुपर्ने बताएका छन् ।

महासंघले आज काठमाडौंमा आयोजना गरेको आर्थिक स्थायित्वसम्बन्धी छलफलमा उनले रुस–युक्रेन युद्धको असरका कारण विश्वमा ऊर्जा र खाद्यान्न संकट देखापरेको भन्दै नेपालमा पनि यस्तो संकट आउन सक्ने भएकाले बेलैमा तयारी गर्नुपर्ने बताए ।

jutta mela

हाल नेपालमा आन्तरिक उत्पादनले नपुगेर वार्षिक ६ हजार ५सय मेट्रिक टन खाद्यान्न अपुग रहेकाले यसतर्फ समयमा ध्यान दिन सुझाव दिए । भारतले गहुँ निर्यातमा रोक लगाइसकेको भन्दै यसले नेपाललाई चहिले खाद्यान्न कमी हुन सक्ने संकेत देखिएको उनको भनाई छ ।

त्यस्तै उनले विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताउँदै उपत्यका बाहिर सफा टेम्पो, विद्युतीय रेल जस्ता सवारीमा जोड दिनुपर्ने बताए ।

साथै, नेपालमा कोभिड महामारीमा मौद्रिक नीतिका कारण केही असहज भएको भन्दै उनले पछिल्ला समयमा देखिएको चुनौती सामना गर्न पनि राष्ट्र बैंकले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.