समाजसेवी तथा दानविर बानियाँले गरे १ लाख १ हजर १ सय ११ रुपैयाँ दान

पोखरा । समाजसेवी शिव बानियाँले महायज्ञमा दान गरेका छन् । पोखरा १५ मा रहेको तल्लो जनशक्ती टोलले संचालन गरेको श्री गणेश महापुराण तथा धनधान्यञ्चल ज्ञान महायज्ञमा बानियाँले १ लाख १ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् । सराङकोट निवासी उनि हाल अमेरिकामा छन् ।

सामाजिक काम गर्नको लागि आयोजना गरिएको महायज्ञमा सहयोग गर्न पाउदा खुसी लागेको बानियँँले बताए ।

मंसिर २६ गतेदेखी शुरु भएको महायज्ञ पुष ४ गतेसम्म हुने महायज्ञ आयोजना कार्यक्रमका महासचिव हरी कार्कीले बताए । हालसम्म १५ लाख रुपैयाँ भन्दा धेरै रकम जम्मा भएको कार्कीले जानकार िदिए । महायज्ञमा भत्तःजन तथा दानविरको उत्साहपुर्ण सहभागिता छ, उनले भने ।

You might also like

Comments are closed.