हाम्रो दुर्भाग्य ! नेता फेरिए, देशको मुहार फेरिएन : जि.सी.

पोखरा । एउटा सामान्य मानिसलाई बाच्न के चाहिन्छ ? गास, बास, कपास । यसका अलावा जीवन बेतित गर्दै जाँदा शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटोलगायत अन्य आधारभुत कुराहरु पनि आवश्यक पर्छ नै । तर, हरेक क्षेत्रका नागरिकले यी सबै कुरा पाउन सकिरहेका हुँदैनन् ।

आधारभुत आवश्यकताबाटै उनिहरुले बन्चित हुनु परेको तितो सत्य छ, हाम्रो नेपालको । नागरिककै जीवन परिवर्तनका लागि भन्दै कैयौं क्रान्ति भएका उदाहरणहरु छन् हामी माझ । तर, नागरिकका समस्या भने अझै ज्युँका त्युँ छन्।

उनिहरु अझै आफ्नै कर्ममा बाचिरहेका छन् । यति मात्रै होइन देशलाई विकासको बाटोमा डोर्‍याउछौं । नागरिकको जीवन सहज बनाउछौं भन्दै ठूला–ठूला नारा लिएर प्रत्येक पाँच वर्षमा नयाँ सरकार आउँछ । फेरि पनि पाँच वर्षमा सरकार परिवर्तन हुन्छ, तर नागरिकको जीवन परिवर्तन कहिले हुँदैन ।

यस्तैमा अहिले फेरि देश नै चुनावमय बनेको छ । कहिँले जनताका घरसम्म नपुग्ने नेता नागरिकका घरदैलोसम्म आफ्ना नारा, घोषणापत्र, प्रतिबद्धतापत्र जे नाम दिए पनि लिएर मतदाताका घरसम्म पुगेका छन् । तर, अझै पनि तिनै व्यक्तिलाई भोट दिए परिणाम यसअघिकै हुन्छ कि भन्ने डर जनतामा छ ।

विकासको आशमा वर्षौसम्म भोट दिएका नागरिक सामान्य बाटोघाटोको सुविधाबाट समेत बन्चित हुनुपरेको छ । तर, अब आफ्ना क्षेत्रका नागरिकले यो सुविधाबाट बन्चित हुन नपर्ने बाचा गर्छिन् कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.।

jutta mela

‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी स्वतन्त्र उम्मेदवार जि.सी.आइतबार पोखरा वडा नं. २० का जनतासंगको भेटघाटका लागि पुगिन् । जहाँ वर्षौदेखि विकास हुने आशामा रहेका बाटाहरु विकासको पर्खाइमा छन् । जुन पूरा गर्ने प्राण लिएकी छन्, स्वतन्त्र उम्मेदवार जि.सी.ले ।

उनले आफू कुनै लोभलालचका लागि नभइ विशुद्ध जनताको सेवाका लागि चुनावी मैदानमा होमिएको बताएकी छन् । पटक–पटक विश्वास गरि जिताएका नेताले गर्न नसकेको कार्य आफूले गरेर देखाउने उनको प्रतिबद्धता छ ।

साथै उनले आफूले गरेका प्रतिबद्धता केवल भाषणमा मात्रै सिमित हुन नदिने पनि बताएकी छन् । आफूले गरेका प्रतिबद्धता पूरा गरि देखाउने संकल्प गर्दै जि.सी.ले त्यसका लागि एकपटक आफूलाई विश्वास गर्न नागरिकमा आग्रह गरेकी छन् ।

You might also like

Comments are closed.