देश निर्माणको एकमात्रै आधार स्वतन्त्र उम्मेदवार : श्रमिक जि.सी

'जनताको अवस्थामा परिवर्तन ल्याउन भोट परिवर्तन गर्न आवश्यक'

पोखरा । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा यतिबेला सम्पूर्ण उम्मेदवारहरु आ–आफ्ना मतदातासंग भोट माग्न व्यस्त छन् । नेताहरु यतिबेला उम्मेदवारका घर, गोठदेखि खेतसम्म धाइरहेका छन् । यही चुनावको सन्दर्भमा पोखराकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले पनि आफ्ना मतदातासंगको भेटघाटलाई तिव्रता दिएकी छन् ।

कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार जि.सी.‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी छन् । जि.सी.ले आज पोखरा वडा नं. २० र्यालेचौर भलामका जनतासंग भेटघाट तथा छलफल गरेकी छन् । सुन्दर, भद्र अनि शालीन स्वभावकी जि.सी.लाई त्यहाँका मतदातबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएकी छन् ।

वर्षेनी पहिरो गइरहने त्यस क्षेत्रमा पहिरो नियन्त्रणका लागि कुनै पहल हुन नसकेको नागरिकले गुनासो गरेका छन् । विकासको आशा गर्दै वर्षौ नेताहरुलाई जिताएर पठाए पनि यहाँको अवस्था जस्ताको त्यस्तै रहनु बिडम्बना भएको त्यहाँका जनताले गुनासो गरेका छन् । उक्त ठाउँमा धेरै पानी पर्नासाथ बाढि पहिरोको समस्या रहेको बताउँदै स्थानीय बासीहरुले पोखरा महानगर भएपनि परिवर्तनको आभास आफूहरुले गर्न नसकेको गुनासो गरेका छन् । यस अगाडिका जनप्रतिनिधिबाट कुनै पनि काम नभएको स्थानीयको गुनासो छ ।

jutta mela

वर्षौ पार्टीका नेताहरुलाई जिताएका त्यहाँका जनताले अब भने पार्टीलाई भन्दा व्यक्तिलाई भोट दिने बताएका छन् । अब नयाँ सोच र भिजनसहित युवाहरु नेतृत्वमा आए देश विकासको बाटोतर्फ उन्मुख हुने प्रतिक्रिया नागरिकबाट पाइरहेको जि.सीले बताएकी छन् ।

युवा जनशक्तिलाई राष्ट्र निर्माणको प्रक्रियामा लगाउन पनि अब भोट परिवर्तन गर्ने अवसर जनतामाझ आएको जि.सी.ले बताएकी छन् । पुराना दलहरूले संसद भवनमा कलह गरेर राष्ट्र निर्माणको प्रक्रिया अबरुद्ध गरेकाले स्वतन्त्र उम्मेदवराहरुको विजयी आवश्यक रहेको जि.सी.को भनाई छ ।

आफू कुनै स्वार्थका लागि राजनीतिमा आएको नभइ विशुद्ध जनताको भलाइका लागि चुनावमा होमिएको बताउँदै जि.सी.ले जनताले आफूलाई एकपटक विश्वास गर्ने आशा व्यक्त गरेकी छन् ।

You might also like

Comments are closed.