स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक : जि.सी.

पोखरा । कास्की क्षेत्र नं. २ ‘ख’बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी उम्मेदवार श्रमिक जि.सी.ले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिएकी छन् ।

‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी जि.सी.ले जनताले विश्वास गरि आफूलाई जिताए सबै सरकारी अस्पतालहरुको स्तरोन्नती गरि स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने नीतिको निर्माण गर्ने प्रतिवद्धता जनाएकी छन् ।

आफ्नो प्रतिबद्धतामा उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकी छन् । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि पहल गर्नुपर्ने, सरकारी अस्पतालहरुमा डाक्टरको अभावमा बिरामीहरुले कुरेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, बिरामीहरुको चापलाई व्यवस्थित गरि अस्पतालको सेवालाई डिजिटलाइज गर्नुपर्ने, अस्पतालहरुका ल्याब सेवालाई प्रभावकारी बनाइनुपर्ने बताएकी छन् ।

jutta mela

हरेक सरकारी अस्पतालहरूका ल्याव सेवाहरुलाई प्रभावकारी बनाइनुपर्ने, हरेक अस्पतालहरुमा सरसफाइलाई विशेष ध्यानु दिनुपर्ने, अस्पतालको वातावरणलाई शान्त राख्ने, पार्किङ व्यवस्थित गरिनुपर्ने, अस्पताल परिसरमा हरियाली र सरसफाइ हुनुपर्ने र औषधीको मूल्य सर्वसुलभ बनाइनुपर्ने उनले बताइन् ।

त्यस्तै उनले हरेक वडाहरुमा महिनाको एकपटक सामान्य स्वास्थ्य परीक्षणका लागि नर्सहरु घरघरमा पठाइनुपर्ने बताइन् । यसले वृद्धवृद्धाह्ररु, दीर्घरोगी, सुत्केरी, असहायहरुलाई सहयोग पुग्ने उनको विश्वास छ ।

साथै उनले उपचार शुल्क सबैको पहुँचमा आउने खालको नीति नियम बनाइ उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरि बिरामीको समय र खर्च बचत गर्नेतर्फ ध्यान दिनुपर्ने पनि बताइन् । ‘स्वास्थ्य क्षेत्रको स्तरउन्नति गरी सबैको पहुँचमा स्वास्थ्य उपचार पुर्‍याउन म सक्रिय रहनेछु,’ उनले भनिन् ।

You might also like

Comments are closed.