श्रीलंकामा इन्धनको हाहाकार, इन्धन एक दिनलाई मात्रै बाँकी

 

काठमाडौं । लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धनको हाहाकार मच्चिएको छ । इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको हो ।

विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी रहेको ऊर्जामन्त्री कञ्चना विजेसेखेराले बताएका छन् । यसपछि आकस्मिक प्रयोगका लागि पनि इन्धन नरहने उनले बताएका छन् ।

jutta mela

श्रीलंकामा चार हजार पेट्रोल पम्पहरू रहेका छन् । ती सबै पम्पहरुमा एक दिनका लागि पुग्ने तेल मात्रै बाँकी रहेको ऊर्जामन्त्री विजेसेखेराले बताएका छन् । इन्धन अभाव भएपछि राजधानी कोलम्बोसहित देशभरका पेट्रोल पम्पहरूमा तेल भर्ने पालो पर्खेर बसेका सवारी साधनको लामो लाइन लागेको छ ।

सरकारले पछिल्लो पटक खरिद गरेको तेल आइपुग्न अझै दुई साता लाग्ने उनले बताएका छन् । इन्धनको अभाव भएपछि सोमबारदेखि लागू हुने गरी देशभरका विद्यालयहरू समेत बन्द गरिएको छ । तत्कालका लागि एक साता विद्यालयहरू बन्द गर्ने र घरबाटै अनलाइन कक्षा लिन भनिएको छ ।

You might also like

Comments are closed.