मुद्रास्फीतिको सामना गर्न श्रीलंमा प्रमुख दर २१ वर्षकै उच्च

काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट (एसडीएफआर)’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार बिन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशत ले वृद्धि गर्ने निर्णय गरेको छ ।

बढ्दो घरेलु मुद्रास्फीतिको सामना गर्न यसो गरिएको बैंकले जनाएको छ । साथै, यी दरहरू २१ वर्षकै उच्च छन् । केन्द्रीय बैंकले हालै मुद्रास्फीतिमा सोचेभन्दा बढी वृद्धि भएको जनाएको छ । उच्च मुद्रास्फीति आगामी केही समयका लागि रहने अपेक्षा गरिएको छ ।

यसरी प्रतिकूल मुद्रास्फीतिको अनुमानको कुनै पनि वृद्धिलाई समाहित गर्न थप मौद्रिक नीति कडा हुनु आवश्यक हुने मौद्रिक बोर्डको धारणा रहेको थियो । केन्द्रीय बैंकले नीतिगत समायोजनले श्रीलंकाको मुद्रास्फीतिलाई मध्यम अवधिमै ४ देखि ६ प्रतिशतसम्म स्थिर बनाउन मद्दत पुग्ने बताएको छ ।

jutta mela

बैंकले सूक्ष्म, साना तथा मध्यम स्तरका व्यवसायीलगायत समग्र आर्थिक गतिविधिमा कडा मौद्रिक अवस्थाको प्रभाव र वित्तीय क्षेत्रको कार्यसम्पादनलाई विज्ञहरूले कालान्तरमा अर्थतन्त्रका सबै क्षेत्रमा भएको मूल्य वृद्धिको दूरगामी प्रतिकूल परिणामबारे विचार गरेको बताएका छन् । बैंकले अप्रिलमा ७ सय आधार बिन्दुले दर बढाएको थियो तर मे महिनामा आफ्नो अघिल्लो नीतिमा थपघट गरेको थिएन् ।

You might also like

Comments are closed.