सिद्धार्थ बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बाल अस्पताल निर्माण सहयोग स्वरुप रु एक करोड रकम सहयोग गर्ने भएको छ । हेपाली हाइटमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सो रकम सहयोग गर्ने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यहाँ बाल अस्पताल निर्माण भइरहेको छ ।

बालबालिका राष्ट्रका कर्णधार हुन् । राष्ट्रको उज्जवल भविष्य बालबालिकाको स्वास्थ्यमा निर्भर हुने भएकाले बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको छ । यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्ने बैंकको विश्वास छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ प्राथमिकतामा राखेर समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बैंकको योजना रहेको छ ।

‘सम्बन्ध सधैँभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्रहक सेवाकेन्द्र (सिद्घार्थ केयर) ०१–५९७००२०, customercare@sbl.com.np मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्दै आएको छ ।

You might also like

Comments are closed.