नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा ‘सिद्धार्थ बैंक लिमिटेड’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक रहेको छ । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको हो ।

क्यानले गत कात्तिक ३० गते क्यानका पदाधिकारी, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । नेपालको क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको बैंकका अध्यक्ष मनोजकुमार केडिया बताउँछन् ।

पछिल्ला दिनमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

 

You might also like

Comments are closed.