काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सोलखुम्वु जिल्लास्थित खुम्वु पासाङ ल्हामु गाउँ पालिकामा रहेको पिस फुल लजमा मिति गत असोज ६ गते आगलागीबाट भएको क्षती वापतको बीमा दावी भुक्तानी गरेको छ । वीमा रकम रु.२ करोड ६० लाख बराबरको चेक प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् ।
२०७२ सालको भुकम्पवाट भएको क्षती वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई उल्लेख्य रकम दावी वापत भुक्तानी भएको थियो । चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कम्पनीले ६०९७ वटा दावी फर्छौट भई ७३ करोड ६६ लाख ९७ हजार रुपैयाँ तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई ८ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ । फर्छयौट गर्न बाँकी दावीको संख्या ३८४१ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अरब ४१ करोड ४३ लाख ६४ हजार रुपैयाँ छ ।
छिटो छरितो दावी फर्छौट गर्ने कम्पनीको लक्ष्य अनुरुप बाँकी रहेका दावी यथासिघ्र फर्छौटगरि दावी रकम भुक्तानी गर्न कम्पनी क्रियाशील रहेकाे बताइएको छ । वीमा दावी गर्नेे सम्पूर्ण वीमितहरुले दावीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छौटैट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको सेवा प्रति विश्वास गरी सेवा प्रदान गर्ने अवसर दिनु हुने सम्पूर्ण वीमितहरु प्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
Comments are closed.