सिल्भर माउन्टेनले सुरु गर्यो ‘ब्याचलर इन इन्टरनेशनल कुलिनरी आर्टस्’को कार्यक्रम

काठमाडौं । हस्टिालिटी क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीलाई मध्यनजर गर्दै सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजले ब्याचलर इन इन्टरनेशनल कुलिनरी आर्टस् (बिआइसिए)मा पढाइ सुरु गरेको छ । कलेजले ब्याचलर लेबलमा ४ वर्षे डिग्री कार्यक्रम सुरु गरेको हो । क्वीन मार्गरेट युनिभर्सिटी युकेबाट सम्बन्धन लिइएको यो कार्यक्रमलाई शिक्षा मन्त्रालय र त्रिभुवन युनिभर्सिटीबाट पनि स्वीकृति लिइएको छ ।

कलेजले यस कार्यक्रमलाई राजधानी काठमाडौंसहित बिर्तामोड, धरान, बिराटनगर, भरतपुर, बुटवल, पोखरामा प्रमोसनल कार्यक्रम सम्पन्न गरिसकेको छ भने नेपालगञ्ज र दाङमा अप्रिल १ र २ मा हुँदेछ ।

लामो समयको अनुसन्धान र गृहकार्य पछि कलेजले यो कार्यक्रम सुरुवात गरेको अध्यक्ष समीर थापाले बताए । ‘युवाहरूलाई हस्पिटालिटी क्षेत्रमा करियर उन्मुख डिग्री हासिल गराउन यो कार्यक्रम प्रभावकारी हुनेछ,’ उनले भने ।

यसैगरी सिल्भर माउन्टेन अन्तर्गतको फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट पोखरामा पनि हालै बिएचएमको पढाइ सुरु भइरहेको छ ।

दक्ष तथा अनुभवी प्राध्यापकबाट नवीनतम विधि तथा प्रविधिको प्रयोगगरि विद्यार्थीलाई शिक्षा प्रदान गर्ने लक्ष्यसहित नेपालमा कलेज विभिन्न कार्यक्रमहरु पढाइ सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.