पोखरा । जी मोटर्स प्रालिले नेपाली बजारमा आयात गरिरहेको स्काईवेल ब्राण्डको विद्युतीय गाडीको शोरुम पोखरामा पनि खुलेको छ । पोखराको बुद्धचोकमा शोरुम स्थापना भएको छ । इको मोटर्स प्रालिले आधिकारिक डिलरसिप लिएर शोरुम स्थापना गरेको हो । पोखरा शोरुमको उद्घाटन चैत १३ गते बुधबार हुने इको मोटर्स प्रालिका सञ्चालक अर्जुन गिरीले जानकारी दिए ।
त्यसैगरी चैत १४ बाट सुरु हुने वाडा अटो शोमा पनि स्काईवेल गाडी बिक्री तथा प्रदर्शनीमा राखिने गिरीले जानकारी दिए ।
चिनियाँ ब्राण्ड स्काईवेल छोटो समयमा नेपाली बजारमा लोकप्रिय रहेको र पोखरा क्षेत्रमा समेत लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको गिरीले बताए ।
स्काईवेलले हालसम्म नेपाली बजारमा सय वटा भन्दा बढी एसयुभीहरू बिक्री गर्न सफल भएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । पोखरा क्षेत्रमा समेत यो गाडी लोकप्रिय हुने उनले विश्वास व्यक्त गरे ।
नेपालमा सबैभन्दा बढी रेन्ज दिने ईटी५ को सफलतापछि अहिले सुलभ मूल्यमा बिई११ मोडल ल्याइएको गेलालले जानकारी दिए । बीई११ को मूल्य ७९ लाख ९० हजार कायम गरिएपनि केही समयका लागि ४ लाख छुट दिएर ७५ लाख ९० हजारमै बिक्री भइरहेको उनले बताए । ‘यो छुटबाट ग्राहकले सुलभ मूल्यमै स्कइवेललको प्रिमियम ईभी प्रयोग गर्न पाउनुभएको छ,’ उनले भने ।
Comments are closed.