सुडानमा चरम खाद्यान्न संकट पर्न सक्ने चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसंघले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य संकट पर्न सक्ने बताउँदै आएको छ ।

यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार उक्त कुराको जानकारी गराएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर, खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।

सुडानमा खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिकरुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएको राष्ट्रसंघले जनाएको छ, जसका कारण यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको छ ।

jutta mela

सुडानमा जुनदेखि सेप्टेम्बरसम्म करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको संकटमा पर्ने देखिएको र अब त्योभन्दा पनि बढी हुनसक्ने राष्ट्रसंघले जनाएको छ । हाल सुडानमा आन्तरिकरुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।

आगामी दिनमा यदि अहिलेजस्तै संकट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।

You might also like

Comments are closed.