दमौली । ‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलोपटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई अर्पण गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँ जिल्लाशाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार पाँच सय ५५ सहित सम्मानपत्र रहेको छ ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । स्व। शिक्षक खनालको स्मृतिमा उनको छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गरेका थिए । उनि नेपाल विद्यार्थी सङ्घको पूर्व सहमहामन्त्री समेत हुन् ।
सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भएपनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिए । युनियनका पूर्व जिल्ला अध्यक्ष समेत रहेका वरिष्ठ कार्यकारी सम्पादक बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गरेका थिए। राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराको प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उनले काम गरिसकेका छन् । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्व अध्यक्ष समेत रहेका उनले रासस सञ्चालक समितिको सदस्यको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।



Comments are closed.