काठमाडौं । निर्माण व्यवसायी तथा समाजसेवी सूर्य नारायण बरालले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । मानव सेवा आश्रम पोखराले सञ्चालन गर्ने गरी बरालले कोष स्थापना गरेका हुन् ।
वर्षको एक पटक आश्रममा रहेका आश्रितलाई खाना खुवाउने गरी बरालले कोष स्थापना गरेका हुन् । उनले कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आश्रमलाई हस्तान्तरण गरेका छन् ।
बरालले प्रत्येक वर्ष जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका छन् । अघिल्लो वर्ष जन्मदिनको अवसरमा उनले लकडाउनका कारण खाद्यान्न अभाव झेलिरहेका विपन्न करिब सय परिवारलार्य सहयोग गरेका थिए । सूर्य कन्स्ट्रक्सन कम्पनी प्रा.लि. पोखराका प्रवन्ध निर्देशक बराल लायन्स लगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।
Comments are closed.