रुपा गाँउपालिकाको स्यास्त्रीमा आधारभुत स्वास्थ्य केन्द्र

पोखरा ।
कास्की रुपा गाउँपालिका १ स्यास्त्रीमा नवनिर्मित स्यास्त्री आधारभुत स्वास्थ्यकेन्द्रको समुद्घाटन भएको छ ।

गाउँपालिकाको ५ लाख सहयोगमा निर्माण भएको उक्त २ कोठाको स्वास्थ्यकेन्द्रको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बिशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना ,गाउँपालिकाका सातै वडाका वडा अध्यक्ष, विभिन्न पार्टीका पार्टी सभापतिहरु ,रेडक्रस, बन, बिद्यालयका प्रतिनिधीका साथै स्थानीयवासीको उपस्थिती थियो ।

स्वास्थ्यकेन्द्रमा विभिन्न आधारभुत स्वास्थ्य सेवाहरु उपलब्ध हुनेछन् । यस स्वास्थ्यकेन्द्र बनेसँगै रुपा १ र ७ का स्थानीय बासिन्दालाई सानोतिनो स्वास्थ्य समस्या लियर अन्त जानुपर्ने बाध्यता हट्नेछ । केन्द्रमा अहेब अनमी र सहयोगी गरेर ३ जनाले स्वास्थ रहनेछन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओझाले अब बिस्तारै स्वास्थ्यकेन्द्रको स्तोरउन्नति गर्दै जाने बताए । छिटोभन्दा छिटो स्वास्थ्यकेन्द्रमा कोठा थपिने र जटिल समस्या भएका बिरामीलाइ ठुला अस्पताल सम्म पुराउन एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो गाउँमा स्वास्थ्य सुबिधा आएपछी स्थानीय प्रफुल्ल छन् ।कार्यक्रम वडा न १ वडा अध्यक्ष दीपक आलेको अध्यक्षतामा सम्पन्न भयको हो ।

You might also like

Comments are closed.