टानद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले रक्तान कार्यक्रम गरेको छ । कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणसंगै निशेधाज्ञाको बिषम परिस्थितीका कारण बिभिन्न अस्पतालहरुमा रगतको अभाव भईरहेको र अत्याधिक माग रहेको जानकारी प्राप्त भएपछि रक्तदान कार्यक्रम गरिएको टानका अध्यक्ष सुशिलराज पौडेलले जानकारी दिए ।

आफनो वार्षिक कार्यक्रम अन्तर्गत टान सचिवालय ,शान्तिपाटन लेकसाईड, पोखरामा नेपाल रेडक्रस सोसाइटी,कास्की क्षेत्रीय रक्तसंचार सेवाको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । । रक्तदान कार्यक्रमको प्रमुख अतिथ्यता पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले गरेका थिए ।

मानव स्वास्थ्य र जीवनरक्षाको संबेदनशील मानवीय कार्यका लागी “Give  Blood and Keep the world Beating”  को उदेश्यका साथ कार्यक्रम गरिएको कार्यक्रम संयोजक  लक्ष्मी कोइरालाले जानकारी दिइन् । कार्यक्रमको संचालन संस्थाका सचिव मिलन तिवारीले गरेका थिए । कार्यक्रममा टान कार्यसमिती पदाधिकारी एव सदस्यहरु,पुर्बअध्यक्ष एवं सल्लाहकार, बिभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनिधीहरु, टानका सदस्यहरु, पदयात्रा मजदुर संगठनका प्रतिनिधीहरुको सहभागीता थियो ।

lcci
You might also like

Comments are closed.