टेक्सास कलेजद्वारा फ्याङबलिन कोभे, एनबिआइ र स्किल ल्याबसँग सहकार्य

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले सहकार्यका लागि विभिन्न तीन संस्थासँग सहकार्यको सम्झौता गरेको छ । फ्याङबलिन कोभे, नेसनल बैकिङ इन्टिच्युट (एनबिआइ) र स्किल ल्याबसँग शुक्रबार सम्झौता गरिएको हो । स्नातक र स्नातकोत्तर तहको ज्ञान र सीप पुनर्ताजगी गराउन सम्झौताले सहयोग गर्ने बताइएको छ ।

कलेजका सिइओ ताथ प्रिन्सिपल भेजराज पोखरेल, नेशनल बैकिङ इन्टिच्युटका सिइओ कुमार लम्साल, फ्याङ्लिन कोभे नेपाल तथा भुटानका सिइओ नारायण प्रधान, स्किल ल्याबका संस्थापक डाइरेक्टर नन्दकिशोर मण्डलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विद्यार्थीलाई बैंकिङ तथा बीमा सम्वन्धी तालिम प्रदान गर्ने, टेक्सासका उद्यमीलाई सहयोग पुगोस् भनेर इन्क्युवेसन सेन्टर स्थापना गर्ने लगायतका कुरा सम्झौतामा उल्लेख गरिएको छ ।

jutta mela

संस्थागत सहयोग तथा उद्योग विशेषज्ञहरुले विद्यार्थीलाई व्यवहारिक, समकालीन ज्ञान र सीप प्रदान गर्न सहयोग पुग्ने कलेजको विश्वास छ । ट्रेनिङ डेभपलमेन्ट एण्ड प्लेसमेन्ट सेल अन्तर्गत विद्यार्थीलाई विभिन्न तालिम प्रदान गरेर समावेशी सिकाईको वातावरण सृजना गर्ने उद्देश्यले कलेजले विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानहरुसँग सहकार्य गर्दै आइरहेको कलेजका आइटी डिपार्टमेन्ट हेड सुमन थपलियाले जानकारी दिए ।

एनबिआईसँगको सहकार्यले बिबिए र एमबिएका विद्यार्थीहरु थप लाभान्वित हुने म्यानेजमेन्ट डिपार्टमेन्ट हेड सरला कार्कीले बताइन् । एकैपटक तीन वटा संस्थासँग सहकार्य गर्न पाउँदा खुसी लागेको र यो सहकार्य उत्कृष्ट रहेको टिडिपी सेल हेड दीपक बास्तोलाले बताए ।

You might also like

Comments are closed.