पोखरा । मोटरसाइकल प्रेमीहरूका लागि पोखरामा विशेष अफरसहित ‘टिभिएस एक्स्चेन्ज मानिया’ सुरु भएको छ । माघ २७ गते आइतबार सुरु भएको एक्स्चेन्ज मानिया फागुन २ गतेसम्म चल्नेछ । पोखराको अमरसिंह मैदानमा आयोजित एक्स्चेन्ज मानियामा ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस बाइक वा स्कुटर खरिद गर्न सक्नेछन् ।
एक्स्चेन्ज मानियाँमा विशेष अफर र छुटहरू प्रदान गरिएकाले ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ । १० हजार रुपैयाँसम्म छुट, १८ महिनाको लागि मात्र ७.९९% ब्याजदर, २ वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन तेल र सर्भिसिङ, ३१ हजारसम्मको बचत, निःशुल्क हेल्मेट, ब्याग र बाइक कभर, टिभिएस लाइफटाइम वारेन्टी लगायतको अफरको लाभ ग्राहकले लिन सक्नेछन् ।
Comments are closed.