रुस-युक्रेन युद्ध : मृत्यु हुनेमा सयौं बालबालिका

काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजारभन्दा बढी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ । राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिकाको संख्या रहेको उल्लेख गरेको हो ।

सोही प्रतिवेदनअनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिख मात्रै करिब ४ हजार ५ सय ९ जना नागरिकको मृत्यु भएको थियो भने पाँच हजार ५ सय ८५ जना घाइते भएका थिए ।

जसमध्ये मृत्यु हुनेमा २ सय ९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ । अधिकांश नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो । रुसले आक्रमणका क्रममा तोप, मिसाइल र हवाई हमला गर्दा धेरै नागरिक विस्फोटमा परेको राष्ट्र संघले जनाएको छ ।

You might also like

Comments are closed.