पोखरा । युनाईटेड क्लव पोखराको १२ औ वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमि उठाउदै आएको क्लवले आफ्नो १२ औ वार्षिकोत्सब सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन बहादुर क्षेत्रीले तत्कालिन समयमा राज्यले सामाजिक संस्थालाई आफ्नो अधिनमा राख्ने काम गरेकै कारण स्वतन्त्रता पुर्वक उल्लेख्य काम गर्न नसकिरहदा लोकतन्त्रको स्थापना पछि स्थापित युनाईटेड क्लव विशुद्ध रुपमा सामाजिक काममा अगाडि वढिरहेकाले अब सानो तिनो कुरामा अल्मलिन नहुनेमा जोड दिए ।
सरकारलाई सहयोग गर्ने काम संघ संस्थाको भएकाले सहकार्य गरि अगाडि वढ्दै आगामि दिनमा युनाइटेड क्लवले नेपालभर सदस्यता वितरण गरि वृहतत्तर रुपमा आफ्नो उदेश्यमा अगाडि वढ्न उनले सुझाव दिए । अधिकारिले क्लवले आयोजना गर्ने हरेक काममा साथ दिने बताउदै पोखरामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणका लागि समेत सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
पोखरा– १० का कार्यवाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठले क्लवको कामले पोखरालाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको वताउदै प्रदेश सरकारले पनि यस प्रति चासो दिनु पर्नेमा जोड दिए ।
संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लव स्थापनादेखि निरन्तर लगावका कारण पोखरामा खुल्ला चिडियाखाना निर्माण संगै आफ्नै जग्गा खरिद गर्न सफल भएको र निकट भविष्यमा आफ्नै जग्गामा क्लवको उदेश्य अनुरुपको काम गर्ने समेत वताए ।
अमरसिंह उच्च माविका अध्यक्ष तेजस्वी वरालले युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य पर्यटन प्रवर्द्धन जस्ता संवेदनशील क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै राज्यले गर्नु पर्नेे काम क्लवले गरेकोमा धन्यवाद व्यक्त गर्दै क्लवका हरेक काममा सहकार्य गरेर अगाडि वढ्ने बताइन् ।
पचभैया सामुदायिक वनका अध्यक्ष दिननाथ ढकालले सामाजिक कार्यमा अग्र स्थानमा रहेको युनाईटेड क्लव संग २०६७ बाट सहकार्य गर्दै आएको र विचमा केही उतारचढाव आएको र अहिले पनि छलफलमै रहेकाले आगामि दिनमा सकारात्मक ढंगले सहकार्य गरि पुराना कुरा विर्सेर अगाडि वढ्ने वताए । युनाईटेड क्लव र आफुहरुको बन समिति मिलेर पचभैया क्षेत्र लाई नया पर्टकीय गन्तव्य वनाउन एकजुट भएर लाग्ने वताए ।
कार्यक्रममा क्लवका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव शान्त बहादुर थापाले महासचिव र कोषाध्यक्ष सुर्य वहादुर वानियाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आजीवन सदस्य सविता श्रेष्ठ रन्जित, सल्लाहकारको तर्फवाट गोविन्द घिमिरे लगायतले वोलेका थिए भने क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम अध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव शान्त वहादुर थापाले गरेका थिए ।
Comments are closed.