बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने

काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिकाले बिहिबार स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ ।

सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो ।  जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.