तनहुँ । व्यास नगरपालिका कार्यालयले २८२ योजना सम्पन्न भएको जनाएको छ । नगरपालिकास्तरीय र वडास्तरीय कूल ९८६ योजनामध्ये उक्त योजनाको निर्माण कार्य सम्पन्न भएको हो ।
तीन सय ८४ सम्झौता भई निर्माण प्रक्रियामा रहेको र ३२० सम्झौता हुन बाँकी रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । शिक्षा तथा सामाजिक विकास शाखाको सिफारिसबमोजिम सङ्घीय बजेटअन्तर्गत रु ६ लाख ५० हजारका दरले चार विद्यालयलाई ई–लाईब्रेरी, तीन विद्यालयलाई आइसीटी स्थापना, ती विद्यालयका लागि साइन्स ल्याबका लागि बजेट निकासा गर्ने भएको छ । पाँच विद्यालयका लागि रु ५० हजारका दरले विद्यालय सामग्री (किट्स) वितरण गर्ने गरी छनोट गरिएको उनले बताए ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको ३६औँ नगरसभा आगामी माघ २१ गते गर्ने निर्णय गरेको छ । नगरपालिकाबाट शहीद दिवस र नारी दिवसका दिन हुने खुल्ला अल्ट्रा म्याराथन र महिला हाफ म्याराथनको व्यवस्थापन गर्न नगर खेलकुद समिति र माविस्तरीय मेयर, उपमेयर कप फुटबल प्रतियोगिता र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
Comments are closed.