व्यासनगरका योजना सम्झौता

 

दमौली । व्यास नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा करीब तीन सय योजना सम्झौता गरेको छ । नगरपालिकाले वडा कार्यालयमार्फत गत वर्ष कोरोनाले प्रभावित भएका १८४ क्रमागत र चालू आर्थिक वर्षको ११५ योजना सम्झौता गरेको जनाएको छ ।

नगरपालिकाले गत वर्ष काम नभएका २६४ योजना क्रमागतमा राखेको थियो भने चालू आवका लागि नगरसभाले ६५० योजना पारित गरेको थियो । ती योजना सम्झौता भएर निर्माणको प्रक्रियामा रहेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

“कोरोना कहरले गर्दा गत वर्ष धेरै योजनाका काम हुन पाएनन् । चालू आव शुरु भएदेखि नै कोरोनाले थलाएको छ । तर पनि यो वर्ष अधिकांश योजना सम्पन्न गर्ने लक्ष्यका साथ सम्झौता भएर निर्माणको चरणमा छ”, उनले भने। सकभर योजनाको काम नभएर बजेट फ्रिज हुने अवस्था नआउने उनले बताए ।

You might also like

Comments are closed.