वालिङ । स्याङ्जाको वालिङस्थित वालिङ उद्योग वाणिज्य संघको हलमा क्यान्सर सम्बन्धी सचेतना तथा परीक्षण (भि.आइ.ए. परीक्षण) कार्यक्रम सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार महिलालाई लक्षित गरी कार्यक्रम गरिएको हो ।
नेपाल अर्बुद रोग निवारण संस्था कास्की, लायन्स क्लब अफ पोखरा ग्रिन टाउन, लायन्स क्लब अफ वालिङ ग्रिन होम, नेपाल रेडक्रस सोसाइटी उपशाखा ८ को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा करिब ३ सय जना महिलाहरु सहभागी रहेको लायन्स क्लब अफ पोखरा ग्रिन टाउनका अध्यक्ष कविता गुरुङले जानकारी दिइन् । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महिलालाई लक्षित गरी क्यान्सर परीक्षण गरेर राम्रो कार्यक्रम भएको भन्दै प्रशंसा गरिन् । आगामी दिनमा नगरपालिकाले पनि वडा तथा स्वास्थ्य चौकीहरुमा निःशुल्क परीक्षण गर्ने प्रतिबद्धता गरिन् ।
कार्यक्रममा बोल्दै लायन्सका कोचिफ एडभाइजर चण्डीप्रसाद अर्यालले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सभापति प्रेम भुजेल, रेडक्रश सोसाइटी उपशाखा ८ का सभापति एवं स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा नर्सिङ अधिकृत राधिका रेग्मी, डिष्ट्रिक्टका डिपुटी डिपार्टमेन्ट चिफ सुशीला कोइराला, जोन चियरपर्सन अम्बिका शर्मा, लायन्स क्लब अफ वालिङ ग्रिन होमका अध्यक्ष साजना कोइराला लगायतले बोलेका थिए ।
Comments are closed.