सरकारले तोक्यो पानीको मूल्य !

काठमाडौं । सरकारले बोतल र जारको पानीको मूल्य तोकेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो।

असअघि विभागले जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो। अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको छ। यसअघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो। त्यस अघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए।

त्यस्तै उपत्यका बाहिर भने एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ।

You might also like

Comments are closed.