पूर्वी अफ्रिकामा स्वास्थ्य सहयोगका लागि १२ करोड अमेरिकी डलर माग

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) पूर्वी अफ्रिकामा स्वास्थ्य सहयोगका लागि १२ करोड अमेरिकी डलर माग गरेको छ । तीव्र खाद्य संकटको सामना गरिरहेको पूर्वी अफ्रिका (हर्न अफ अफ्रिका) का लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आवश्यक देखिएको डब्ल्युएचओले जनाएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले केन्याको राजधानीबाट जारी गरिएको एक विज्ञप्तिमा भने, “यो रकम रोगहरूको प्रकोप पत्ता लगाउने र त्यसको प्रतिक्रिया दिने देशहरूको क्षमतालाई सुदृढ पार्ने, जीवन बचाउने औषधी तथा उपकरणहरूको आपूर्तिको सुनिश्चित गर्ने, स्वास्थ्य सेवा प्रावधानहरूमा अन्तर पत्ता लगाउने र बिरामी तथा गम्भीर कुपोषित बालबालिकाहरूलाई उपचार प्रदान गर्नेजस्ता तत्काल उपायहरूतर्फ जानेछ ।”

महानिर्देशक घेब्रेयससले उक्त दोहोरो खतराप्रति प्रतिक्रिया जनाउँदै कुपोषित मानिसहरूलाई उपचार प्रदान गर्न र सङ्क्रामक रोगबाट बचाउन डब्लूएचओले अन्तरराष्ट्रिय समुदायको खोजी गरिरहेको बताए ।

jutta mela

यस क्षेत्रमा फैलिएका जिबुटी, इथियोपिया, केन्या, सोमालिया, दक्षिण सुडान, सुडान र युगान्डा गरी सात देशहरूमा ८० करोड व्यक्ति खाद्य असुरक्षाको कारण पिडित भएको अनुमान गरिएको छ । तीन करोड ७० लाखभन्दा बढी मानिसहरू संकटको चरणमा छन् जहाँ मानिसहरूले दुई छाक खानका लागि समस्या झेलिरहेका छन् र कुपोषणबाट ग्रसित बनेका छन् ।

युद्ध, जलवायु परिवर्तन र कोभिड–१९ को महामारीले अर्न अफ अफ्रिका भनेर चिनिने सोमालियाली प्रायद्वीप भोकमरीको केन्द्र बनेको छ । साथै यसले त्यहाँका मानिसहरूको स्वास्थ्य र जीवनलाई भयावह असर पारेको छ ।

मानिसहरूले स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न, गम्भीर कुपोषण भएका बिरामी बालबालिकाको उपचार गर्न र संक्रामक रोगहरूको प्रकोप रोक्न, रोगहरू पत्ता लगाउन र प्रतिक्रिया देखाउन आकस्मिक अवस्थाको लागि अफ्रिकाले आफ्नो आकस्मिक कोषबाट एक करोड ६० लाख डलर रकम विनियोजन गराइसकेको छ ।

You might also like

Comments are closed.