‘हाम्रो पोखरा कास्की’द्वारा नारी दिवसमा दिप प्रज्वलन

पोखरा । सामाजिक सेवामा अग्रसर संस्था ‘हाम्रो पोखरा कास्की’ले पोखरास्थित मानव अधिकार चोकमा दिपप्रज्वलन तथा मौन धारण कार्यक्रम सम्पन्न गरेको छ । नारी दिवसको अवसर पारेर संस्थाले कार्यक्रम गरेको हो ।

बलात्कार पछि हत्या गरिएका नारीहरुको चिर शान्तिको कामना गर्दै उक्त दिप प्रज्वलन तथा मौन धारण कार्यक्रम सम्पन्न भएको छ । समाजमा नारीहरु सुरक्षित हुन जरुरी छ र यो हरेक नागरिकको कर्तब्य हो भन्ने सन्देश दिनलाई कार्यक्रम गरिएको संस्थाका सदस्य केशव आचार्यको भनाई छ ।

कार्यक्रममा हाम्रो पोखरा कास्कीका अध्यक्ष माधव पौडेल, सचिव सफल पौडेल लगायत हाम्रो पोखरा कास्कीका सदस्यहरु, सल्लाहाकार लगायत शुभचिन्तकको उपस्थिति भएको थियो ।

हाम्रो पोखरा कास्कीले यस अघि पनि सडक बालबालिका, अनाथलाइ खाना खुवाउने, असहायलाई सहयोग गर्ने, रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.