काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित आइप्लेक्स मलमा सञ्चालनमा आएको सर्भिस सेन्टरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
उक्त अवसरमा बाल्दै शाओमी नेपालका कन्ट्री म्यानेजर शौरभ कोठारीले शाओमीले गुणस्तरीय सर्भिसलाई प्रमुख प्राथमिकतामा राखेको बताए । ‘बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रति हामी सचेत छौं,’ उनले भने, ‘देशभरका ग्राहकलाई उच्च गुणस्तरीय सेवा पुर्याउन हामी प्रतिबद्ध छौं ।’ देशभर सर्भिस नेटवकलाई प्रभावशाली र व्यवस्थित बनाउने उनले बताए ।
सर्भिस सेन्टर उद्घाटनको अवसरलाई मध्यनजर गरी शाओमीका सबै उत्पादनहरुमा फ्रि सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । वारेन्टी कार्ड भए पनि नभएपनि सम्पूर्ण ग्राहकले यो सुविधा एक सातासम्म प्राप्त गर्नेछन् । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणगढ, नेपालगञ्ज र इटहरिमा छन् ।
Comments are closed.