एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ । यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ ।

नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीलाई उर्जा दिन यामाहा निरन्तर प्रतिबद्ध छ । एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ । बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ । यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गर्दै सफलताको दिशामा अघि बढ्न प्रेरित गरिरहेको छ ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरका लागि डिजाइन गरिएको हो । हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कुटरले गति बढाउँदा अतिरिक्त बुस्ट प्रदान गर्दछ, जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ । यसको हलुका बडी, स्मार्ट मोटर जेनरेटर प्रणाली र बिएससिक्स कम्प्लाएन्ट फ्युल–इन्जिनले यसलाई आफ्नो खण्डमा सबैभन्दा इन्धन किफायती र पर्फर्मेन्स ड्रिभन स्कूटरहरू मध्ये एक बनाउँछ ।

शहरको ट्राफिकमा चल्न होस् वा खुला सडकमा क्रुज गर्न, रेजेडआर १२५ एफआई हाइब्रिडले उत्कृष्ट सवारी अनुभवको ग्यारेन्टी दिन्छ । नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी–आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन् । यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले नयाँ प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्दै देशभर फुटबलको लोकप्रियता बढाएको छ ।

यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले प्रतिस्पर्धात्मक भावना र उत्कृष्टताको संस्कृतिलाई प्रवद्र्धन गर्न युवा खेलाडी र फुटबलप्रेमीको जोशलाई अझ ऊर्जा दिने लक्ष्य राखेको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई–पाङ्ग्रे ब्रान्ड हो । अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । यामाहा गुणस्तरीय सेवा र उत्कृष्ट ग्राहक हेरचाहमार्फत प्रत्येक राइडरलाई सुरक्षित र आरामदायी सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।

You might also like

Comments are closed.