यती एयरलाइन्सले ल्यायो ‘क्यास ब्याक एभ्रि डे’ अफर

काठमाडौं । यती एयरलाइन्सले ग्राहकको लागि ‘क्यास ब्याक एभ्रि डे अफर’ ल्याएको छ ।

एयरलाइन्सको मोबाइल एप वा वेवसाइटबाट टिकट काट्दा क्यास ब्याक एभ्रि डे अफर यती एयरलाइन्सले सार्वजनिक गरेको हो । यो अफर आज मंगलबारदेखि लागु भएको छ ।

एयरलाइन्सको मोबाइल एप वा वेवसाइटबाट टिकट काटी कुमारी बैंकको डेविट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले क्यास ब्याक पाउनेछन् । ग्राहकले हरेक दिन ५ सय रुपैयाँ क्यास ब्याक पाउने एयरलाइन्सले जनाएको छ ।

You might also like

Comments are closed.