पोखरा, ५ चैत
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रंगहरुको पर्व होली को अवसरमा समस्त गण्डकी प्रदेशवासीलाई शुभकामना दिएका छन् । प्रदेश प्रमुख कुँवरले होली पर्व–२०७५ को अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कुँवरले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको समेत बताएका छन् ।
शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
होलीलाई नेपाल सरकारले राष्ट्रिय पर्व घोषणा गरेको छ । विभिन्न समुदायले मनाउने होली पर्वले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ । बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्’ प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ ।’
फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ होली पर्वलाई । त्रेता युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको इतिहास छ ।
Comments are closed.