गुणस्तरमा ध्यान दिएका छौं : जनक धामी

जनक धामी
अध्यक्ष, हरपल फुड्स प्रालि

हरपल चामल नेपालमा बिक्री शुरु भएको १३ वर्ष भइसकेको छ । पहिला उपभोक्ताले महंगो चामलको खासै प्रयोग नगर्ने अवस्था थियो । विशेष गरी मंसुली चामलको माग बढी थियो । विस्तारै यो हराउँदै गयो । त्यसपछि सोना मसिनो चामलको माग बढ्न थाल्यो । ३÷४ वर्षको इतिहासमा हामीले हरपलको राम्रो मार्केटिङ गरेका छौं । राम्रा राम्रा होटल, क्यान्टिन तथा धेरै उपभोक्तको विचमा हरपल चामल परिचित बनेको छ । यसको माग दिनानुदिन बढ्दै गइरहेको छ ।

हाम्रो कम्पनी ग्यालेक्सी ग्लोबल फुड्स भारतको हरियानामा छ । हरपल रिच राइस २० केजी र ५ केजी, हरपल उसिना २० र ५ केजी साथै ग्यालेक्सी जम्बो बास्मती चामल ५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । हरियाना कै लोकल वासमती धानबाट यो चामल तयार पारिएको हो । किसानलाई मलको सुविधा दिएर सिधै किसानबाट धान ल्याएर चामलको उत्पादन गरिएको छ ।

हरपल चामल उच्चस्तरीय प्रविधिबाट तयार गरिएको छ । एउटै क्वालिटीको चामल हुन्छ । चामल तयार गर्नको लागि पहिले नै धान किनेर राखिन्छ । तयार पारेको चामललाई २÷३ महिना प्लान्टमा रेष्टमा राखिएको हुन्छ र त्यसपछि बजारमा पठाइन्छ । जसको कारण खानाको स्वाद मिठो हुन्छ । क्वालिटी मेन्टेन गर्न धेरै कुरा ध्यान दिएका छौं । विभिन्न खालको धान आउने हुँदा कुन ब्राण्डको लागि कुन धान प्रयोग गर्ने भनेर स्टाफ पनि फरक फरक राखेका छौं । विशेष गरी नेपालमा पाइने चामल भनेको जिरा मसिनो हो । नेपालमा उत्पादन भएको चामलले नेपालको माग पुरा गर्न सक्ने अवस्था छैन । भारतबाट आएको चामलले नै नेपाली उपभोक्ताको माग पुरा गरेको अवस्था छ । नेपाली बजारमा चामलको माग पुरा गर्न पनि हरपलले योगदान गरेको छ ।

हरपल चामल पकाउँदा नरम, लामो र स्वाद मिठो हुन्छ । यो उत्पादन गर्ने धान नेपालमा हुँदैन । यो नेपालका उच्च तहका मानिसले प्रयोग गर्दछन् । नेपालका होटल, उच्च तहका व्यक्त, क्याटरिङ लगायतले यो चामल प्रयोग गरेका छन् । ग्राहकको प्रतिक्रिया धेरै राम्रो छ । ग्राहकको विश्वास जित्न सफल भएका छौं ।

यही क्वालिटीलाई हामी निरन्तरता दिनेछौं । भारतबाट चामल आउँदा मूल्य बढिरहेको हुन्छ तर हामीले चामललाई पहिले कै मूल्यमा दिन्छौं । अरुको मूल्य बढेको २ महिना पछि मात्र हामीले मूल्य बढाउँछौं । व्यापारीलाई पनि हामीले मूल्य धेरै नलिन आग्रह गर्दछौं । बजार हल्लामा नलागि ग्राहकको परिस्थिति अनुशार मूल्य बढ्ने रहेछ भनेर ग्राहकले विश्वास गर्दछन् । गत वर्ष भन्दा यो वर्ष हाम्रो सेल्स पनि राम्रो छ । हामीले व्यापारी तथा ग्राहकको माया पाएका छौं । हाम्रो सबैभन्दा राम्रो मार्केट भएको ठाउँ काठमाडौ हो । त्यसपछिको क्षेत्र पोखरा हो । नेपालका काठमाडौं, पोखरा, चितवन, मलेखु, बनेपा, हेटौंडा, बुटवल, धनगढी लगायतका क्षेत्रमा हरपल उपलब्ध छ ।

You might also like

Comments are closed.