अटो मेकानिकलको सहयोग

पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनको २४ औं वार्षिक उत्सवको अवसरमा वात्सयन वृद्धा आश्रममा आर्थिक सहयोग वितरण गरेको छ ।

वृद्धाश्रमको आवश्य पूर्वाधारका लागि नगद रु २४ हजार ५ सय र फलफुल एशोसियसनका अध्यक्ष सानुमान जलारीले वृद्धाश्रमका व्यवस्थापकलाई हस्तानतरण गरेका छन् ।

अटो मेकानिक्सहरुलाई संगठित गर्दै विविध रचनात्मक कृयाकलापहरु गर्दै पोखरा अटो ल्याण्ड निर्माणको पहलकर्ताको रुपमा रहेको छ । कार्यक्रममा पूर्व अध्यक्ष चन्द्र जङ्ग थापाले मेकानिक्सलाई आवश्यक क्षमता अभिवृद्धिसंगै सामाजिक कृयाकलाप गरिनु राम्रो पक्ष भएको बताए ।

jutta mela

पूर्व अध्यक्ष एंव अटो ल्याण्ड व्यवस्थापन समिति संयोजक सनत कुमार भट्टराईले व्यवस्थित पोखराका लागि अटो ल्याण्ड आवश्यक रहेको बताए । एशोसियसनका प्रेस सल्लाहाकार कृष्ण थापाले सामाजिक गतिविधिमा एशोसियसनको भूमिका महत्वपूर्ण रहेको बताए ।

संस्थाका अध्यक्ष सानुमन जलारीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष रत्न बहादुर थापाले बोलेका थिए ।

अटो व्यवसायी महासंघसंग आवद्ध रही एशोसियसनले अटो मेकानिकसहरुलाई आवश्यकता अनुसार प्रविधियूक्त तालिमहरुलाई महत्व दिदै आएको महासचिव पुरुषोत्तम भण्डारीले बताए ।

You might also like

Comments are closed.