आहतलाई राहत बाँड्दै श्रेष्ठ र थापा

 

पोखरा ।

पोखरेली कलाकार भाष्करध्वज श्रेष्ठ र पोखरा बाटुलेचौर घर भई हाल अमेरिकामा रहेका कमल थापाले २७ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

jutta mela

महामारीको रुपमा रहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न नपाई भोकभोकै परेका गरीब तथा विपन्न मजदुर परिवार, एकल महिला, विद्यार्थी, साधु तथा मिर्गौला पीडित, सुत्केरीलगायतलाई उनीहरुले सहयोग गरेका हुन् ।

परिवार संख्याका आधारमा कसैलाई २५ केजी चामल, त कसैलाई १० केजी चामलसहित दाल, गेडागुडी, तेल, नुन, मसला, साबुन, सोयाविनसहितको प्याकेज खाद्यान्न सामग्री सहयोग गरेको कलाकार डिमर्चा व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए । उनले कसैकसैलाई खाना पकाउने एलपी ग्याससमेत सहयोग गरेको बताए । उनका अनुसार आइतबार र सोमबार गरेर पोखरा ३ तेर्सापट्टी, नदीपुर, कोपिलढुंगा, भैरवटोल, नालामुख, नदीपुर, नारायणस्थान, बगर नयागल्ली, दीपलगायतका क्षेत्रका परिवारलाई सहयोग गरिएको छ । स्थानिय जनप्रतिनिधिको रोहवर तथा साथीहरुको सहयोगमा सहयोग हस्तान्तरण गरिएको उनले बताए ।

You might also like

Comments are closed.