ईन्जिनियरहरुको सुझाब कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

पोखरा ।

प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशले प्रदेश भित्रका विभिन्न क्षेत्रका ईन्जिनियर, बिज्ञ एवं सरोकारवालासंग परामर्श गरि गण्डकी प्रदेशको आ। ब।०७७/७८ को नीति तथा कार्यक्रमको लागी सुझाव संकलन गरेर शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष पेश गरेको छ

jutta mela

कार्यक्रमका बीच नेपाल ईन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका सभापति आ।ई। बाबुराम भण्डारीले ‘कोरोना महामारीले विश्व नै आक्रान्त रहेको बेला नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अगाडी बढाउन र सुखी नेपाली सम्बृद्व नेपालू निर्माणमा हाम्रो सानो सहयोग पुगोस् भन्ने हेतुले बिभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुसंग परामर्श गरि सुझाव संकलन गरेका बताए ।

ईन्जिनियरहरुले बुझाएको सुझावमा कृषि तथा सहकारी क्षेत्रमा गण्डकी प्रदेशलाई कसरी आत्मनिर्भर बनाउने,स्वास्थ्य क्षेत्रमा दिर्घकालिन सुधार तथा ब्यबस्थापन , पर्यटन क्षेत्रका पूर्वाधारहरुको दिगो बिकास तथा बातावरण संरक्षण, शैक्षिक स्तर उन्नति तथा खेलकुद क्षेत्रको बिकास, सडक, पुलपुलेसा, बिद्धुत, खानेपानी लगायत पूर्वाधार बिकासका कार्यक्रमहरु, नबिकरणनीय उर्जाका प्रविधिहरु तथा विधुतीकरण, digitize प्रदेशको अबधारणा सहित सुचना र प्रबिधि क्षेत्रको बृहत्तर बिकास, समग्र इन्जिनियरिङ क्षेत्रको बृहत्तर बिकास लगायतका कुराहरु समाबेश छन् ।

कार्यक्रममा प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल ९पिन० केन्द्रीय कमिटी सदस्य ई. टेक बहादुर कटुवाल, नेपाल ईन्जिनियर्स एसोसिएशन गण्डकीका अध्यक्ष आ.ई बाबुराम भण्डारी, प्रदेश विकास समितिका सदस्य ई. बिष्णु बराल ,मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार गोविन्द नेपाली लगायतको उपस्थिति थियो । इन्जिनियरहरुको सुझाव बुझ्दै मुख्यमन्त्री गुरुङले भने –‘ गहिरो अध्ययन गरेर सकेको कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउँदछु, सुझावको लागि गण्डकीका इन्जिनियरहरुलाई हार्दिक धन्यवाद । भबिष्यमा ईन्जिनियरिङ जगतसंगै हातेमालो गरि प्रदेश सम्बृद्व बनाउन लागि पर्नेछु ।’ कार्यक्रमको अध्यक्षता पिन गण्डकीका कार्यवाहक अध्यक्ष ई.महेन्द्र बहादुर गोदारले गरेका थिए भने सन्चालन पिन गण्डकीका सचिव ई.सुरेश तिमिल्सिनाले गरेका थिए ।

You might also like

Comments are closed.