कर्माचार्य परिवारले गरे ५० लाखको जग्गा

पर्वत,६ जेठ
जेठ१ गतेदेखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको छैठौ दिन भक्तजनहरुले उल्लेख्य सहभागिता जनाएका छन् । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा सञ्चालित यज्ञको छैठौ दिन कूश्मा नगरपालिका वडा नं. ४ निवासी हरीगोविन्द कर्मचार्यका परिवारले १ रोपनी जग्गा दान गरेका छन् । कर्मचार्यका परिवारले ५० लाख पर्ने जग्गा दान गरेका हुन् ।
उनका छोरा सागर कर्मचार्यको नाममा रहेको उक्त जग्गा आज दान गरेका हून । छोराहरु सागर कर्माचार्य,नविन कर्माचार्य र गया कर्माचार्य लगायतका कर्माचार्य परिवार यज्ञस्थलमा गई आर्शिवाद ग्रहण गरेका थिए । यज्ञस्थलमा रहेको जग्गा समेत उनले यज्ञ संचालनका लागी सहयोग गरेका थिए ।

पर्वत जिल्लाको सदमूकाम कूश्मामा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाउन सहयोग पु¥याउन सो अवसरमा जग्गा दान गरेको छोरा सागर कर्माचार्यले बताए ।
कर्माचार्य परिवारलाई वाजा गाजा सहित यज्ञस्थल परिक्रमा गराईएको थियो । विराट महायज्ञ मूल आयोजक समितिका संयोज पृथ्वी नारायण शर्माले दयालू मनका धनी कर्मचार्य परिवारले होमन कुण्ड संचालन भएकै जग्गा दान गरेकोमा वधाई दिदै धन्यवाद व्यक्त गरे । दानविरहरुकै सहयोगमा सिस महल देखि सत्सड भवन वन्नमा थप सहयोग पुग्ने विराट महायज्ञका महासचिव अच्यूत तिवारीले बताए ।
त्यसै गरि शिव कूमार जोशीले १०८ के जि.को घण्टा दान गरेको विराट महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । विराट महायज्ञ आगामी जेठ ११ गते सम्म संचालन हूनेछ ।

You might also like

Comments are closed.