खिलाङमा युवा जागरण तथा चेतना मुलक कार्यक्रम

पोखरा, ६ जेठ
कास्कीको मादी गाउँपालिका १ खिलाङमा स्थानीय थन्कु देउराली युवा क्लबको आयोजनामा एकदिने युवा जागरण तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  मादी गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रममा खिलाङ गाउँका ४० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई युवा जनशक्तिको महत्व, युवाहरुको नेतृत्व विकास तथा युवाहरुको समस्य र अवसरहरुको बारेमा प्रशिक्षण दिईएको थियो ।  कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि मादी १ का वडा सदस्य तथा खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले युवाहरुमा नकारात्मकता बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गरी उनीहरुलाई नैतिकता र अनुसाशन सिकाउनका निम्ति तालिम आयोजना गरिएको भन्दै आयोजक युवा क्लबलाई धन्यवाद दिए ।

आगामी दिनमा युवा क्लबले गर्ने रचनात्मक कार्यक्रमलाई गाउँपालिकाको तर्फबाट सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।  कार्यक्रममा स्थानापति नि.मा.वि.का प्रधानाध्यापक यमबहादुर गुरुङ, थन्कु देउराली आमा समुहका अध्यक्ष सुकनादेवि गुरुङ, स्थानापति निमावि व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ, खिलाङ पोखरा युवा समितिका अध्यक्ष झलक गुरुङ, विभिन्न टोल सुधार समितिका संयोजकहरु लगायतले बोलेका थिए ।

jutta mela

थन्कु देउराली युवा क्लबका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्थानीय समाजसेवी रनध्वोज गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.