गण्डकी ट्रकको वार्षिकोत्सवमा आश्रमलाई सहयोग

पोखरा । गण्डकी ट्रक यातायात व्यावसायिक संघको ३९औं वार्षिकोत्सव आश्रमलाई सहयोग गरि मनाएको छ । वार्षिकोत्सवको अबसरमा संघले पोखरा १७ अवस्थित मानव सेवा आश्रममा आवश्यक किचन सामग्री तथा एक दिनको खाना खर्च सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै संघका कार्यबाहक अध्यक्ष भानुभक्त अधिकारीले सडकमा बेवारिसी अबस्थामा रहेकाहरुलाई आश्रममा ल्याई पालन पोषण र औषधी उपचार र पुनःस्थापना जस्तो कार्य गरेकोमा प्रशंसा व्यक्त गरे । सहयोग लिदै मानव सेवा आश्रमका संयोजक राजन सापकोटाले संघले व्यवसायीको हक हितसँगै मानवियताको कार्य गरेकोमा आभार प्रकट गरे ।

संघका कार्यबाहक अध्यक्ष भानुभक्त अधिकारी, निवर्तमान अध्यक्ष रविन्द्र गिरीका साथै कार्यसमिति सदस्यको टिमले संयुक्तरुपमा ३५ हजार बराबरको किचन सामाग्री र खाना खर्च आश्रमको संयोजक सापकोटालाई हस्तान्तरण गरेका हुन् । संघका कार्यबाहक अध्यक्ष अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव विष्णुमणि बरालले गरेका थिए ।

You might also like

Comments are closed.