घर भाडामा ६० प्रतिशत छुट दिदै खत्री

पोखरा । पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य तथा बुद्ध विशाल बजार व्यापारिक एशोसियनका अध्यक्ष केशव बहादुर खत्रीले आफ्नो घरमा भाडामा बस्ने व्यवसायीलाइ ६० प्रतिशत छुट दिने घोषणा गरेका छन् । कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै आफूले यस्तो निर्णय गरेको खत्रीले जानकारी दिए । चैत महिनाको घर भाडामा ६० प्रतिशत छुट दिने उनले बताए ।

कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै उनले व्यवसायीलाई राहतस्वरुप भाडामा ६० प्रतिशत छुट दिने घोषणा गरेको जानकारी दिए । ‘देशले संकटको सामना गरिरहेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरौं भन्ने भावनाले घर भाडामा  छुट दिने घोषणा गरेको हुँ,’ उनले भने । खत्रीले पोखरा १७ बिरौटा र पोखरा २५ हेम्जामा रहेको घरमा ६० प्रतिशत छुट दिनेछन् ।

You might also like

Comments are closed.