चौथो आइटि ग्रुप कर्पाेरेट फुटसलको उपाधी पोखरा फाइनान्सलाई

आर्थिक आवाज
पोखरामा आयोजित ‘चौथो आइटि गु्रप फुटसल प्रतियोगिता’ पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागिता थियो ।

खेलमा सर्वाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको छ । उपविजेता टोलीलाई नगद १५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो । पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताए ।

You might also like

Comments are closed.