राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । असार ३१ गते बुधबार ललितपुरको पुल्चोकमा रहेको कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम मार्फत सो समझदारी(पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी(पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट निमित्त प्रशासक श्री जीवन कुमार कट्‌वालले हस्ताक्षर गरेका छन् ।

समझदारी(पत्रमा उल्लेख भए अनुसार अब उप्रान्त राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोष लगायतका अवकाश कोषहरुको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ । हाल राष्ट्रिय वाणिज्य बैंकमा दुई हजार नौ सय पचपन्न कर्मचारी कार्यरत छन् ।

वि.सं.२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत ४८ लाख भन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

 

 

You might also like

Comments are closed.