तनहुँ सौन्दर्य व्यवसायी संघमा पौडेल

तनहुँ, २९ पुष ।
तनहुँ सौन्दर्य व्यवसायी संघ नेपालको अध्यक्षमा धनमाया पौडेल निवार्चित भएकी छन् । दमौलीमा सम्पन्न संघको ८औँ साधारण सभा तथा ५औँ अधिवेशनबाट पौडेल अध्यक्षमा निवार्चित भएकी हुन् ।

त्यस्तै गरी समितिको उपाध्यक्षमा जुना दरै, गंगा श्रेष्ठ, अप्सरा राना, सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा गुलाफी मल्ल र सहसचिवमा पुष्पा पौडेल चयन भएका छन् । समितिको सदस्यहरुमा विमला श्रेष्ठ, विष्णुमाया थापा, दिलु दरै, जुना थापा, प्रमिला अधिकारी, रेवती सुनार, अशिका दुलाल र नानुमाया गुरुङलाई चयन गरिएको छ ।

त्यस्तै गरी सल्लाहकारमा तनहुँ उद्योग बाणिज्य महिला उद्यम विकास समितिकी अध्यक्ष राधिका परियार, पूर्व अध्यक्ष डल्लाकोटी र क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अञ्जना न्यौपानेलाई चयन गरिएको छ ।

jutta mela

त्यस अघि कार्यक्रममा बोल्दै तनहुँ उद्योग बाणिज्य महिला उद्यम विकास समितिकी अध्यक्ष परियारले महिला सशक्तिकरणको लागी आर्थिक सबलता पनि महत्वपुर्ण हुने बताइन् । व्यवसायले महिलाहरुलाई क्रियाशिल र सिर्जनशील बनाउने उनको धारणा थियो ।
संघकी अध्यक्ष रफत साना मियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघकी संस्थापक अध्यक्ष शकुन्तला आले, सल्लाहकार आशा बनियाँ, सौदन्र्य व्यवसायी संघ दमौली  बजार इकाइकी सुष्मा पिया लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.