तोलामा रु ७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु ७ सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ३८ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार ३ सय मूल्य निर्धारण भएको छ ।

jutta mela

यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार ९५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार ६५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु १७ सय २५ मा कारोबार भएकामा आजका लागि भने रु १७ सय २० निर्धारण भएको छ । रासस

 

 

You might also like

Comments are closed.