गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच सम्झौता भएको छ ।

टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको बताइएको छ ।
सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

jutta mela

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बाट ग्राहकले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्ने बताइएको छ ।

ग्राहकले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले यस बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आइहेको छ ।

 

 

You might also like

Comments are closed.