धर्मको नाममा अफवाह फैलाउने केशव आचार्य पक्राउ

पोखरा । धर्मको नाममा अफवाह फैलाउने केशव आचार्य पक्राउ परेका छन् । जुम्ला स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुमबासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखरा २९ पावरहाउसका पास्टर वर्ष ३२ का आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

चीनको हुवान प्रान्तमा पहिलो पटक देखा परेको कोरना भाइरस (कोभिड–१०) हाल विश्वको १ सय ५० भन्दा बढी राष्ट्रमा देखापरी महामारीको रुपमा फैलिइरहेको कारण राज्यले नै बिपतको रुपमा लिई यसबाट बच्न तथा बचाउन सर्वसाधारणहरुलाई भेला जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गर्दै देश नै लक डाउन गर्नेसम्मको नीति अबलम्वन गरिरहेको अबस्थामा उनले भ्रम फैलाउने काम गरेको प्रहरीले बताएको छ ।

‘यो महामारीलाई प्रभु यशुले सबैको अगाडि घुडा टेकाउनु हुन्छ, यो कोरना भाइरसलाई प्रभु यशुले ठिक पार्नु हुन्छ, त्यसैले हामी सबै प्रभु यशुको बिश्वासी बन्नुपर्छ, यशुप्रति विश्वास गर्यो भने कोरना मात्र नभई जस्तो सुकै महामारीले पनि कसैलाई छुन सक्दैन त्यसैले हामी सबैले प्रभुको विश्वास गर्नुपर्छ । हामी प्रभुको रगत भएकोलाई कोरना भाइरसले छुन सक्दैन र मिल्दैन र प्रभुको नाममा सकालाका यो कोरना भाइरस जा’ भन्ने जस्ता अनर्गल, झुठा एवं भ्रामक अभिव्यक्ति दिई उनले अफवाह फैलाएका थिए ।

विश्वले सामना गर्नु परिरहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न बिपतको लाभ लिई उक्त झुठा, भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक संजालहरुमा समेत अपलोड र शेयर गरी धर्म प्रचारप्रसार समेत गरेकाले उनलाई चैत १० गते सोमबार पोखरा ३२ स्थित निजकै घरबाट पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.