नेशनल क्रियशन एकेडेमीमा कक्षा ११ मा कानून र व्यवस्थापनको पढाई शुरु हुने

पोखरा, ८ असार

नेशनल क्रियशन एकेडेमी पोखरा ८ नागढुङ्गा मिलनपथले यस वर्ष देखी कानून तथा व्यवस्थाप अध्ययन विषयमा कक्षा ११ को कक्षा सञ्चालन गर्ने भएको छ ।

यस वर्ष कक्षा ११ र अर्को वर्ष देखी कक्षा १२ मा कानून तथा व्यवस्थापन अध्ययन गराउने एकेडेमीका प्लस २ कोअर्डिनेटर भोलानाथ अधिकारीले बताए । उनले सो कुरा जानकारी दिनका लागि विद्यार्थी र अभिभावक सगँ अन्तरक्रिया कार्यक्रम समेत गरेको बताए ।

jutta mela

अन्तरक्र्रिया कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखरा कानून विभागका प्रोफेसर हिमराज गिरीले विद्यार्थी र अविभावकलाई काननू विषयको महत्वको बारेमा जानकारी दिएका थिए । त्यसै गरी व्यवस्थापनको महत्व र यसको आवश्यकताका बारेमा बैर्कस बैकुण्ठराज तिमल्सेनाले जानकारी दिएका थिए ।

सोही अवसरमा वाणिज्य कानूनका विज्ञ एंव पर्यटन अंगका अध्यता समेत रहेका माधव न्यौपानेले वाणिज्यको विकासमा कानूनको महात्व बारे प्रकाश पारेका थिए । एकेडेमीका प्लस २ कोअर्डिनेटर अधिकारीले कानून र व्यवस्थाप आजको चुनौतीका बारेमा जानकारी दिएका थिए ।

विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले विद्यालयले उपलब्ध गराउने सेवा सुविधाका बारेमा जानकारी दिए । शिक्षक उदय सुबेदीले संचालन गरेको कार्यक्रममा विद्यार्थी तथा अविभावकका जिज्ञासाका बारेमा व्यवस्थापन पक्षले जानकारी दिएका थिए ।

You might also like

Comments are closed.