पत्रकार महासंघ कास्कीद्वारा पत्रकार हमाललाई स्वागत

सन्देश श्रेष्ठ
पत्रकार ओम हमाललाई नेपाल पत्रकार महासंघ कास्कीले स्वागत गरेको छ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेपनि सर्बोच्च अदालतको आदेशपछि रिहा भएर हवाई मार्गहुँदै दिउँसो पोखरा आइपुगेका हमाललाई नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले माला र खादा लगाएर स्वागतसहित अदालतमा मुद्धा जितेको भन्दै बधाई ज्ञापन गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै पत्रकार हमालले आफूलाई हिरासतमा यातना दिएको बताएका छन् । भदौ १३ गते पोखराको सिसुवाबाट पक्राउ परेका उनलाई हिरासतमा रहँदा प्रहरीले यातना दिएको बताएका हुन् । उनले आफूलाई झूठो मुद्धामा फसाउने षड्यन्त्र भएको गुनासो गरे ।

पत्रकार हमालले देश कानुनले नभई मुढेबलले चलिरहेको टिप्पणी गरे । हमालले आफू विप्लवको कारणले नभई आफ्नी आमाको प्रेरणाले शोषित, पीडित जनताको पक्षमा लागेको बताए । पत्रकारितामा राजनीतिक आस्था देखाको पनि छैन र देखाउँदिन पनि, ‘उनले भने, ‘तर शोषित, पीडित जनताको पक्षमा भने कलम चलाइरहन्छु, लडिरहन्छु ।’ उनले राज्यसत्तासँग डराएर आफू दलाल र पुँजीबादी राज्यसत्ताको भजन मण्डली नबन्ने स्पष्ट पारे । उनले बाँकी जीवनपनि जनपक्षीय पत्रकारितामै लगाउने प्रतिबद्धता जनाए ।

jutta mela

हमाललाई भदौ १३ गते पोखराको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई भदौ १७ गते सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएपनि अदालत बाहिरबाट पुनः पक्राउ गरिएको थियो । न्यायाधीशमाथि अभद्र ब्यवहार गरेको आरोपमा पुनः पक्राउ गरिएको उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बुधबार सर्बोच्चले पुनः रिहा गरेको थियो ।

You might also like

Comments are closed.