पोखराका मेयर धनराज आचार्यलाई ‘भिजनरी लिडरसिप अवार्ड’ प्रदान

काठमाडौं। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ‘भिजनरी लिडरसिप इन अर्बन डेभलपमेन्ट एन्ड पब्लिक सर्भिस अवार्ड’ बाट सम्मानित भएका छन् ।

सिजन मिडियाद्वारा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ समारोहमा नगर प्रमुख आचार्यलाई सो सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले उनलाई सो अवार्ड हस्तान्तरण गरेका हुन् ।

शहरी विकासको क्षेत्रमा दूरदर्शी योजना लागू गरेको, पूर्वाधार विकासलाई प्राथमिकता दिएको तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाएको कदरस्वरूप नगर प्रमुख आचार्यलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न तथा दिगो र व्यवस्थित शहरीकरणका लागि उनले नेतृत्वदायी भूमिका खेलेका छन् ।

 

You might also like

Comments are closed.