पोखरामा शुक्रबार द फेशन सो

पोखरा । पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो को आयोजना गर्न लागेको इभेन्ट म्यानेजर सनिज गुरुङले बताए । ‘पोखरामा फेशन प्रति लगाव राख्ने व्यक्ति त छन् तर फेशनमार्फत पोखरालाई चिनारी दिने इभेन्टहरु भने भइरहेको छैन । यसै सन्दर्भमा पोखरालाई फेशनको शहरका रुपमा चिनाउन हामीले शुक्रवार  द फेशन शो हुने नामक कार्यक्रम गर्न लागेका हौं,’ उनले भने ।

वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने छन् । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा , सुपर मोडेल सविता कार्की, सृजना रेग्मी रहेका छन् । उनीहरु यस कार्यक्रममा सो स्टपर रहेको जनाएको छ ।

फेशन शोमा पोखराका मोडेलहरु महिला तर्फ काशु गुरुङ, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबक छन् । पुरुष मोडेलहरुमा नविन लिम्बु, हिंमाशु टि.बी राना, तोर्डन मगर, इशान गुरुङ र जेनिथ गुरुङ छन् ।

jutta mela

मोडेलहरुले काठमाडौंका २ तथा पोखराका २ डिजाइनरले तयार पारेको पोशाकमा ¥याम्प वक गर्ने छन् । डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देशा राईले सोका पोशाक डिजाइन गरेका छन् ।

शुक्रबार पौष ४ गते इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा यो कार्यक्रम हुनेछ । साँझ ५ बजेबाट शुरु हुने कार्यक्रमका लागि टिकट दर ३ हजार र २ हजार तोकिएको तथा उक्त टिकटमा प्रवेश तथा डिनरको व्यवस्था गरिएको कार्यक्रम संयोजक रविन पराजुलीले बताए । ‘४ वटा सिक्वेन्समा  हुने फेशन सोमा आकर्षक नृत्य पनि समेटेका छौं। फेशन सो को मुख्य उद्देश्य भनेको पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउनु नै रहेको छ’ उनले भने ।  कार्यक्रममा ४ सय दर्शकको अनुमान गरिएको छं । कार्यक्रमको मुख्य प्रायोजक सुजुकी बर्गम्यान टु ह्विलर्स रहेको छ ।

You might also like

Comments are closed.